एनएलजी इन्स्योरेन्सको मुनाफा १९.७६%ले घट्यो,बीमाशुल्क आर्जनमा समेत गिरावट

9 दिन अगाडी
एनएलजी इन्स्योरेन्सको मुनाफा १९.७६%ले घट्यो,बीमाशुल्क आर्जनमा समेत गिरावट

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५५ करोड ७८ लाख ६४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४.६५ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ८५ करोड ३६ लाख ५६ हजार रुपैयाँ थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ५ करोड ५ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा ३०.७० प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ७ करोड २८ लाख ९२ हजार रुपैयाँ थियो। 
त्यस्तै समीक्षा अवधिमा कम्पनीले ४१ करोड १२ लाख ९९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३८ करोड १३ लाख २८ हजार रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले ७.८६ प्रतिशतले बढी खुद दाबी भुक्तानी गरेको छ। 

यो अवधिमा कम्पनीको खुद मुनाफा घटेको छ। तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनी १७ करोड ७ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १९.७६ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले २१ करोड २८ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 
त्यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार बढेर १ अर्ब ११ करोड ४ लाख २ हजार रुपैयाँ भएको छ। यो आकार अघिल्लो वर्ष १ अर्ब २ करोड ७ लाख १२ हजार रुपैयाँको थियो । कम्पनीको जगेडा तथा कोषको आकार घटेर ३९ करोड ९२ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यो कोषको आकार ४२ करोड २८ लाखमा ५७ हजार रुपैयाँ  थियो । 

अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ लाख ६८ हजार २२८ बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षसम्ममा १ लाख ६९ हजार ६३७ बीमालेख जारी गरेको छ। 

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १८.८८ रुपैयाँ, तरलता अनुपात २.५० , पीई रेसिया ४०.६८ गुणा, प्रतिसेयर नेटवर्थ २२९.४८ रुपैयाँ र प्रति सेयर कुल सम्पत्तिको मूल्य ३४९.५२ रुपैयाँ रहेको छ।   


Share this with your friends: