प्राइम लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

1 महिना अगाडी
प्राइम लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको २७ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको २७ लाख ७९ हजार ६१५ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो। 

यससांै अब कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४० प्रतिशत कायम भएको छ। 
प्राइम लाइफको प्रबन्धपत्रमा संस्थापक तथा सर्वसाधारण समूहको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम रहेकोमा कम्पनीको १४ औँ वार्षिक साधारण सभाबाट उक्त अनुपात ६०ः४० कायम गर्ने विशेष प्रस्ताव पारित भएको थियो ।


Share this with your friends: