सानिमा बैंकले असार १० गतेदेखि ऋणपत्र निष्कासन गर्ने

2 महिना अगाडी
सानिमा बैंकले असार १० गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आगामी असार १० गतेदेखि ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ५ वर्षे अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  

कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात ३० लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ४० प्रतिशत अर्थात २० लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ।  

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार १४ गते र ढिलोमा असार२४ गते बैंकिङ समयपछि हुनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक १०.२५  प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।      


Share this with your friends: