अहिले सम्मकै सबैभन्दा ठूलो आईपिओ ल्याउँदै एलआईसी, अघिल्लो रिपोर्टभन्दा २.५ गुणा ठूलो हुने

2020-09-08
अहिले सम्मकै सबैभन्दा ठूलो आईपिओ ल्याउँदै एलआईसी, अघिल्लो रिपोर्टभन्दा २.५ गुणा ठूलो हुने

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन अफ इण्डिया(एलआईसी) ले जारी पूँजिको २५ प्रतिशत आईपिओ जारी गर्ने भएको छ। एलआईसीले ल्याउने भनिएको यो आईपिओ भारतको अहिले सम्मकै सबैभन्दा ठूलो आईपिओ हुनेछ। 

यस अघिको रिपोर्टमा  कम्पनीले १० प्रतिशत आईपिओ ल्याउने चर्चा  चलेको थियो। 

भारतको वित्त मन्त्रालयको अन्र्तगत वित्तिय सेवा विभागले एलआईसीमा प्रस्तावित सेयर बिक्रि संग सम्बन्धि मस्यौदा क्याबिनेट नोट जारी गरेको छ। 
“मनि कन्ट्रोल”ले यस विषयसंग सम्बन्धित व्यक्तिलाई उद्धृत गर्दे भारत सरकारको सेयरहोल्डीङ १०० प्रतिशतबाट ७५ प्रतिशतमा झार्ने प्रस्ताव गरिएको जनाएको छ। 

यसका साथै भारत सरकारले आईपिओमा लगानी गर्ने रिटेल लगानीकर्तालाई बोनस र डिस्काउन्ट पनि प्रदान गर्ने योजना बनाइरहेको छ।  

 


Share this with your friends: