आइएमई जनरल इन्स्योरेन्स र एनआईसी एशिया बैंकका सीईओ उत्कृष्ट ब्यवस्थापक अवार्डबाट सम्मानित

2022-04-10
आइएमई जनरल इन्स्योरेन्स र एनआईसी एशिया बैंकका सीईओ उत्कृष्ट ब्यवस्थापक अवार्डबाट सम्मानित

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश वादे श्रेष्ठ र एनआईसी एशियाका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने उत्कृष्ट म्यानेजर अवार्डबाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघ(म्यान)ले आफ्नो वार्षिक साधारण सभाका अवसरमा श्रेष्ठ र न्यौपानेलाई  उत्कृष्ट म्यानेजरको अवार्ड प्रदान गरेको हो ।

साधारण सभाका अवसरमा संघले आइएमई  जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश वादे श्रेष्ठलाई आउट स्ट्याण्डिङ म्यानेजर,किम्बु टेक्नोलोजीकी सीईओ कोर्भिका थापालाई उत्कृष्ठ महिला ब्यवस्थापक र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई बर्षेकै उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरेको छ।


Share this with your friends: