आदर्श लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

2022-06-15
आदर्श लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(असार १ गते)देखि आईपीओ निष्कासन गरेको छ । संस्थाले आम सर्वसाधारणका लागि ६७ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । 

निष्कासन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात १ लाख ३५ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता म्युचुअल फन्डका लागि र बाँकी रहेको ६२ हजार ६१५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्कासन बन्द छिटोमा असार ६ गते र ढिलोमा असार १५ गते बैंकिङ समयपछि हुनेछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।


Share this with your friends: