एनआईसी एशिया बैंकद्वारा सीसीटीभी राख्ने कार्यमा सहयोग

2021-07-04
एनआईसी एशिया बैंकद्वारा सीसीटीभी राख्ने कार्यमा सहयोग

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले भक्तपुर जिल्लाका विभिन्न स्थानमा  सीसीटीभी राख्ने कार्यमा सहयोग पुर्याएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा उक्त सहयोग गरेको जनाएको छ । 

सडक क्षेत्रमा राखिएको सिसिटिभीको सहयोगले टोल तथा सडक खण्ड सहित समग्र समाजमा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण तथा रोकथाम गर्न र घटित अपराधको अनुसन्धान तथा प्रमाण संकलन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

बैंकले आगामी दिनमा समेत समाजमा प्रत्यक्ष लाभ हुने विभिन्न सहयोग गर्दै जाने समेत प्रतिबद्धता व्यक्त गरेको छ । 


Share this with your friends: