एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारबापत १० लाख बीमा रकम भुक्तानी

2021-07-14
एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारबापत १० लाख बीमा रकम भुक्तानी

काठमाण्डौ । एनआईसी एशिया बैंकले बीमा रकम भुक्तानी गरेको छ । बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत रु. १० लाख बीमा रकम भुक्तानी गरेको हो। 

बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक–५, झापाका ४४ वर्षीय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो। कटुवाललाई बैंकको प्रदेश १ का डेपुटी पीएई प्रकाशचन्द्र अधिकारीले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्। 

उक्त बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरिएको छ। बैंकको बीमा सुविधाबाट प्राप्त रकमले अप्ठ्यारोको बेला ठूलो राहत पुगेको कटुवालले बताए। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा लिएको बैंकको भनाई निकै नै सार्थक लाग्यो। यस सुविधाले बैंकप्रतिको मेरो विश्वास र भरोसा अझ बढी भएको छ’, उनले भने। 

बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४८५ जनाभन्दा बढी ग्राहकले बीमाबापतको रु। ३ करोड २० लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन्। 

बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालय, ४७१ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत २७ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दैै आएको छ। 


Share this with your friends: