एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयर लिलामीमा

2021-08-03
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयर आज(साउन १९ गते)बाट बोलकबोल प्रक्रिया मार्फत बिक्री खुल्ला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, मेरो माइक्रोफाइनान्स लघुवित्त र आरएमडीसी लघुवित्तको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो। 

बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ३ लाख ५० हजार ३६९ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्तको ८९ हजार ४३९ कित्ता र आरएमडीसी लघुवित्तको ३ लाख १० हजार १६५ कित्ता संस्थापक सेयर गरी कुल ७ लाख ४९ हजार ९७३ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। 

सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको न्यूनतम मूल्य प्रतिकित्ता १४६३ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि बोलकबोल पेश गर्नुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिने सकिनेछ । लगानीकर्ताले साउन २९ गतेभित्र बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

मेरो माइक्रोफाइनान्स लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता ५९५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले साउन २९ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ । 

त्यस्तै आरएमडीसी लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता ५०६ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले साउन २९ गतेसम्म बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । 


Share this with your friends: