एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको सेयर लिलामीमा

2021-09-06
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक सेयर आज(भदौ २१ गते)देखि लिलामीमा राखिएको छ । बैंकको स्पामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखिएको हो । 

बैंकले सीआईटीको ३ लाख ८१ हजार ९०२ कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्तको ८४ हजार ८२९ कित्ता गरी कुल ४ लाख ६६ हजार ७३१ कित्ता संस्थापक सेयर लिलामीम राखेको हो । 

सीआईटीको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२९४ रुपैयाँ र मेरोमाइक्रोफाइनान्सको ५२९ रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले दुवै कम्पनीको हकमा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । 

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेडमा आईपुग्ने गरी भदौ ३१ गतेसम्म बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । 


Share this with your friends: