एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

2021-09-13
एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुईवटा बैंकको ऋणपत्र सूचिकृत भएको छ। नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबीएल डिबेन्चर(ऋणपत्र)२०८३ र एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया ऋणपत्र २०८८’ सूचीकृत भएको हो । 

राष्ट्रिय वाणिज्य बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका २५ लाख कित्ता भएको आरबीबीएल डिबेन्चर(ऋणपत्र)२०८३ र एनआईसी एशिया बैंकको एनआईसी एशिया ऋणपत्र २०८८ को १५ लाख ७३ हजार ८७२ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। 

यी दुवै ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत भदौ २७ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो। 

यससँगै आज(भदौ २८ गते) नेप्से र दुवै बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ। 


Share this with your friends: