एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’: ग्राहकलाई ५ वर्षसम्म रु. ८४ लाखसम्मको बीमा, ग्राहक सेवाहरु पनि निःशुल्क

2022-02-06
एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’: ग्राहकलाई ५ वर्षसम्म रु. ८४ लाखसम्मको बीमा, ग्राहक सेवाहरु पनि निःशुल्क

काठमाण्डौ । एनआईसी एशिया बैंकले २०७८ कात्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरु भएका ‘सर्वश्रेष्ठ बचत खाता’ योजना ल्याएको थियो। यो योजनामा ग्राहकले अत्यन्त उत्साहजनक सहभागिता जनाई सफल बनाइदिएकोमा बैंकले समस्त ग्राहक, कर्मचारीलगायत सबै सरोकारवालाप्रति अत्यन्त अनुग्रहीत रहँदै सबैमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। 

बैंकले यसअघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरुमा पाइने फाइदाहरुलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिका लागि प्रदान गर्दै बचत खातामै रु। ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाइदा प्रदान गर्ने व्यवस्था गरेको छ। 

यसका साथै सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन्। बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरुका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरुलाई ५ वर्षको अवधिसम्म उपलब्ध गराएको छ। 

उपरोक्तानुसारका सबै थप सुविधा–फाइदाहरु यसअघि सर्वश्रेष्ठ खाताहरु खोलिसकेका ग्राहकले समेत कुनै अतिरिक्त शुल्क बिना स्वतः पाउन सक्ने छन्। 

बैंकले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरुमा उपलब्ध फाइदासम्बन्धी विस्तृत जानकारीका लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा SB टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंकले आग्रह गरेको छ। 


Share this with your friends: