एलआईसीको आईपीओको आकार घटाइयो,अब ३.५% मात्रै जारी गरिने

2022-04-25
एलआईसीको आईपीओको आकार घटाइयो,अब ३.५% मात्रै जारी गरिने

काठमाण्डौ । भारत सरकारको स्वामित्वमा रहेको एलआईसी भारतको आईपीओको आकार घटाइएको छ। अब आईपीओमार्फत एलआईसीको केवल ३.५ प्रतिशत मात्रै स्वामित्व बिक्री गरिने भएको छ। 

रिपार्टका अनुसार भारत सरकारले एलआईसीको ३.५ प्रतिशत स्वामित्व बिक्रीमार्फत २१ हजार करोड भारतीय रुपैयाँ जुटाउने तयारी गरेको हो। यसअघि भारत सरकारले एलआईसीको ५ प्रतिशत स्वामित्व बिक्री गर्ने जनाएको थियो। यद्यपी बजारमा आईपीओको माग राम्रो देखियो भने यसको लिमिट ३.५ प्रतिशतबाट वृद्धि गरेर ५ प्रतिशत पुर्याइने जनाइएको छ। 

आईपीओको आकार घटाइनुको कारण भने खुलाइएको छैन। 

भारत सरकारले सन् २०२२ मार्चसम्ममा एलआईसीको आईपीओ जारी गर्ने जनाएको थियो। तर रुस–युक्रेन युद्धका कारण बजारको सेन्टिमेन्ट नकारात्मक बनेपछि आईपीओको मितिमा फेरबदल गरिएको थियो। तर अहिले बजारको सेन्टिमेन्ट सकारात्मक बन्न थालेसँगै आईपीओ निष्कासनको तयारी तीव्र पारिएको छ। 

भारत सरकारले एलआईसीमा २० प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी(एफडीआई)लाई अनुमति दिनका लागि यो महिनाको सुरुवातमा एफडी नियममा संशोधन गरेको थियो। 
 


Share this with your friends: