के जीवन बीमा र दुर्घटना बीमा उस्तै हुन् ? थाहा पाउनुहोस् भिन्नता

2020-12-02
के जीवन बीमा र दुर्घटना बीमा उस्तै हुन् ? थाहा पाउनुहोस् भिन्नता

काठमाण्डौ । जीवन बीमा र दुर्घटना बीमा उस्तै उस्तै हुन् भन्ने आम बुझाइ रहेको पाइन्छ। तर यी दुवैबीच भिन्नता हुन्छ। जीवन बीमाले मृत्यु पश्चात परिवारका सदस्यहरुलाई आर्थिक सुरक्षा प्रदान गर्नै गर्दछ। परिवारमा कमाउने अन्य कुनै सदस्य नभएको व्यक्तिको परिवारका सदस्यहरुको लागि जीवन बीमाले आर्थिक रुपमा सक्षम बनाउन धेरै नै सहयोग गर्ने गर्दछ। 

त्यस्तै दोस्रोतर्फ बीमा कम्पनीहरुले दुर्घटना बीमा सेवा पनि उपलब्ध गराउने गर्दछन्। तर यसमा मृत्युको प्राकृतिक कारणहरुलाई समावेश गरिदैन। यो केवल व्यक्तिको परिवारको सुरक्षाको दृष्टिकोणबाट उचित मानिने गर्दछ। यहा हामी यी दुईबीचको मूलभूत अन्तरका बारेमा बताउन गइरहेका छौँ।

व्यक्तिगत दुर्घटना बीमा तब उत्तम विकल्प मानिन्छ जब,

–जब कुनै व्यक्ति सक्रिय जीवनशैली जिउन चाहन्छ र आकस्मिक कारणहरुबाट मृत्यु वा अपांगता हुनबाट बच्नको लागि अतिरिक्त संरक्षण चाहन्छ। 
–यदि कुनै व्यक्तिको घरमा धेरै नै सक्रिय सदस्यहरु छन् र उनीहरु मृत्यु, पति पत्नी वा आश्रितहरुलाई अपांगताबाट बचाव चाहन्छन्। 
–कुनै व्यक्ति जो चिकित्सकीय कारणहरुबाट जीवन बीमाको लागि योग्यता प्राप्त गर्न सक्दैनन। तर यसको बाबजुत पनि उक्त व्यक्ति मृत्यु वा अपंगताबाट बचाव चाहन्छ भने। 

के हो जीवन बीमा ?
जीवन बीमा एउटा यस्तो सम्झौता हो, जसले ति घटनाहरु घट्दा बीमतलाई एउटा खास रकम प्रदान गर्ने गर्दछ, जसको लागि बीमितले बीमा गराएको हुन्छ। समग्रमा भन्नु पर्दा जीवन बीमा मृत्युका कारण उत्पन्न हुने समस्याहरुका लागि आंशिक समाधान हो। 

टर्म इन्स्योरेन्स पोलसी 

निश्चित अवधिको लागि थोरै बीमाशुल्क तिरेर जोखिम बहन गर्नको लागि मात्र गरिने बीमालाई म्यादी जीवन बीमा भनिन्छ । यस किसिमको बीमामा जम्मा भएको बीमाशुल्क फिर्ता हुदैँन तर बीमितको मृत्यु भएमा बीमांक रकम निजको आश्रित परिवारलाई भुक्तानी गरिन्छ । व्यक्तिको मृत्युबाट हुने आर्थिक क्षति र साहुको कर्जाको सुरक्षाको लागि यस किसिमको बीमा गरिन्छ । यस प्रकारको बीमामा मुनाफामा सरिक नहुने गरी बीमालेख जारी गरिन्छ । यस प्रकारको बीमा वापत तिरिने बीमाशुल्क अन्य जीवन बीमा योजनामा जस्तो जम्मा हुँदैन र तोकिएको अवधिसम्म बीमित जीवितै रहेमा कुनै रकम भुक्तानी गरिदैँन । यो बीमाको सबैभन्दा सस्तो र सजिलो रुप हो। जसमा एक विशेष अवधिको लागि आर्थिक सुरक्षा उपलब्ध गराइने गर्दछ। यो अवधि १५ देखि २० वर्ष सम्मको हुन सक्छ। टर्म इन्स्योरेन्सले बीमत व्यक्ति नरहँदा(मृत्यु हुँदा) निजको परिवारले एकमुष्ठ रकम प्राप्त गर्नै सुनिश्चीनता प्रदान गर्नै गर्दछ। यसको प्रिमियम अन्य पोलिसीको तुलनामा सस्तो हुने गर्दछ। 

व्यक्तिगत दुर्घटना बीमा 

व्यक्तिगत दुर्घटना बीमाले दुर्घटनाका कारण हुने मृत्यु वा दुर्घटनाका कारण हुने स्थायी अपांगताबाट सुरक्षा प्रदान गर्नै गर्दछ। तथापी व्यक्तिगत दुर्घटना बीमाले अहिलेसम्म पनि लोकप्रियता हासिल गर्न सकेको छैन। किनकी एकदमै कम बीमा एजेन्टहरुले मात्रै यसलाई बिक्री गर्नै प्रयास गर्नै गर्दछन्। यद्यपी यदि तपाइँ युवा हुनुहुन्छ र आफ्नो बीमा पोर्टफोलियोलाई सुरक्षित गर्न खोजिरहनु भएको छ भने व्यक्तिगत दुर्घटना बीमा पोलिसीमा लगानी गर्नैबारे विचार गर्नुहोस्। 

टर्म इन्स्योरेन्स र व्यक्तिगत दुर्घटना बीमाबीचको अन्तर 

टर्म इन्स्योरेन्स व्यक्तिगत दुर्घटना बीमाभन्दा विल्कुलै फरक हुने गर्दछ। टर्म इन्स्योरेन्सले मृत्युबाट सुरक्षा प्रदान गर्नै गर्दछ, चाहे त्यो कुनै रोगका कारण होस् वा दुर्घटनाको कारण। 
त्यस्तै अर्काेतर्फ व्यक्तिगत दुर्घटना बीमाले बीमितलाई तब मात्रै फाइदा गर्नै गर्दछ, जब कुनै सडक दुर्घटनामा मृत्यु भएको होस् वा दुर्घटनाका कारण स्थायी अपांगता, आंशिक स्थायी अपांगता वा अंगभंग हुँदा। यसमा प्राकृतिक मृत्यु हुँदा लाभ प्राप्त हुने गर्दैन। 
टर्म इन्स्योरेन्सको दौरान बीमितको उमेरले धेरै नै अर्थ राख्ने गर्दछ। जबकि व्यक्तिगत दुर्घटना बीमामा बीमितको पेशाले अहम भुमिका खेल्ने गर्दछ। जसले बीमितको प्रिमियम तय गर्नै गर्दछ।  

 


Share this with your friends: