कोरोना बीमा बापत १५ हजार बढीले प्राप्त गरे १ अर्ब ५० करोड दाबी भुक्तानी

2020-12-24
कोरोना बीमा बापत १५ हजार बढीले प्राप्त गरे १ अर्ब ५० करोड दाबी भुक्तानी

काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार पुस ९ गतेसम्म १५ हजार ३८१ जनाले कोरोना बीमा बापत १ अर्ब ५० करोड ११ लाख ७५ हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। 

बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या २८ हजार २९२ रहेको छ। 

यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये २०५३ फाइल कागजपत्र नपुगेपछि निर्जीवन बीमा कम्पनीमै फर्काइएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पेन्डीङमा रहेका फाइलको संख्या ३ हजार ५५५ रहेको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पठाईएका ७ हजार ४४१ फाइलमध्ये अहिलेसम्म ३ हजार ८८६ फाइल प्रमाणिकरण भइसकेका छन्। प्रमाणिकरणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउन तयार अवस्थामा रहेको फाइलको संख्या ७४५ रहेको छ। 
यसैगरी ३ हजार ७९८ फाइल भने भेरिफिकेसन प्रक्रियामा रहेको र ७६ फाइल भने नक्कली भएका कारण दाबी भुक्तानी नगरिएको समितिले जनाएको छ। 


Share this with your friends: