कोरोना बीमाको दाबी भुक्तानी ४ अर्ब नाघ्यो

2021-02-22
कोरोना बीमाको दाबी भुक्तानी ४ अर्ब नाघ्यो

काठमाण्डौ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो आँकडा अनुसार फागुन ७ गतेसम्म ४१ हजार २६१ जनाले कोरोना बीमा बापत ४ अर्ब  ५२ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गरेका छन्। बीमा समितिका अनुसार सबै कागजपत्र पुरा भएको दाबी संख्या ७७ हजार १२८ रहेको छ। 

यसैगरी कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा पुलमा पठाईएकामध्ये ३५७५ फाइल कागजपत्र नपुगेपछि निर्जीवन बीमा कम्पनीमै फर्काइएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पेन्डीङमा रहेका फाइलको संख्या ९ हजार ७३४ रहेको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमाणिकरणका लागि पठाईएका १९ हजार ४०५ फाइलमध्ये अहिलेसम्म ९ हजार ६७१ फाइल प्रमाणिकरण भइसकेका छन्।

माणिकरणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउन तयार अवस्थामा रहेको फाइलको संख्या २३१९ रहेको छ। 

यसैगरी १४ हजार ७७१ फाइल भने भेरिफिकेसन प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ । 

 


Share this with your friends: