जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,हकप्रद निष्कासन मुख्य अजेन्डा

2022-05-24
जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,हकप्रद निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी जेठ ३१ गते मंगलबारका दिन काठमाण्डौ डिल्लीबजारमा रहेको अमृतभोजमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बीमा समितिको स्वीकृती लिई ३० प्रतिशत अर्थात १ः०३ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै कम्पनीको अधिकृत पूँजी,चुक्ता पूँजी र जारी पूँजी वृद्धि गर्ने सम्बन्धी प्रस्ताव पारि गरिनेछ ।   

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने कम्पनीको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७७र७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धी अनुसूचीमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८÷७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी जेठ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ जेठ १८ गतेसम्म कायम सेयरधनीहरु मात्रै वार्षिक साधारण सभामा सहभागी हुने योग्य हुनेछन्।    


Share this with your friends: