जाल्पा सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2022-05-17
जाल्पा सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी जेठ २८ गते शनिबारका दिन बुटवल रुपेन्देहीमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा आ.व २०७७र७८ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। 

यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आ।व २०७८र७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी जेठ १२ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।


Share this with your friends: