ज्योति लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशत छुटको घोषणा

2021-06-17
ज्योति लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा सतप्रतिशत छुटको घोषणा

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नबिकरण गर्दा सतप्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले व्यतित भएका बीमालेख आगामी असार २५ गतेसम्म नविकरण गरे विलम्ब शुल्कमा सतप्रतिशत छुट प्रदान गरिने जनाएको हो । 

यस्तै कम्पनीले ई–सेवा, प्रभु पे, कनेक्ट आईपीएस, आइएमई पे, खल्ती र पोन पेबाट समेत अनलाइन भुक्तानीको व्यवस्था मिलाइएको जनाएको छ । कम्पनीको बैंक खातामा बीमाशुल्क भुक्तानी गर्दा कैफिएत(रिमार्कस्)मा बीमितको नाम, बीमा लेख नम्बर र बीमितको मोबाइल नम्बर अनिवार्य उल्लेख गर्न कम्पनीले अनुरोध गरेको छ ।  

 


Share this with your friends: