टर्म इन्स्योरेन्स योजनाले होम लोनमा यसरी गर्ने गर्दछ सहयोग, यस्ता छन् फाइदा

2020-11-09
टर्म इन्स्योरेन्स योजनाले होम लोनमा यसरी गर्ने गर्दछ सहयोग, यस्ता छन् फाइदा

काठमाण्डौ । हर व्यक्तिको एउटा सपना हुने गर्दछ कि उसको एउटा घर होस्। दिउँसो सारा संसार घुमेपनि साझँ आरामका साथ रात बिताउनका लागि आश्रयस्थल होस्। व्यक्तिले प्रत्येक दिन यो लक्ष्य प्राप्तिका लागि प्रयासरत हुन्छ। ब्याज दर कम हुनुका साथै अतिरिक्त कर लाभका कारण अहिले होम लोन(घर कर्जा)सम्मको पहँुच सजिलो भएको छ। तथापि घर कर्जा चयन गर्दाखेरी केहि यस्ता विषयहरु छन् जसको बारेमा तपाँईलाई जानकारी हुन आवश्यक हुने गर्दछ। यो सूचीमा सबैभन्दा माथि वित्तीय योजनाको पुनर्मुल्यांकन गर्ने र आफुसँ प्रर्याप्त जीवन बीमा छ भनेर सुनिश्चीत गर्न विषय आउँछ। टर्म इन्स्योरेन्स एक प्रकारको जीवन बीमा पोलिसी हो। जसले सीमित अवधिका लागि निश्चीत भुक्तानीमा कभरेज प्रदान गर्ने गर्दछ। 

टर्म इन्स्योरेन्स र होम लोनको सम्बन्ध
घर खरिद गर्नु केवल खरिदारी मात्रै होइन। यो त एउटा जिम्मेवारी पनि हो, जुन जोखिमसँगै आउने गर्दछ। तपाँईले कहिल्यै सोच्नु भएको छ कि यस्तो समयमा के हुन्छ, जब होम लोन लिइसकेपछि तपाँइmाई केहि अनिश्चीनताबाट गुज्रिनु पर्छ भनेर ? मानौँ कि तपाँइ सँग ३० वर्षको लागि ८.५ प्रतिशतको ब्याज दरमा ५० लाख रुपैयाँको होम लोन छ। तपाईको मासिक किस्ता लगभग ३८ हजार ५ सय रुपैयाँ हुन्छ। 

तथापि यदि तपाँई एउटा विश्वसनीय टर्म इन्स्योरेन्स प्लान छनौट गर्नुहुन्छ भने, टर्म इन्स्योरेन्स अफ पेमेन्टले परिवारलाई यि बक्यौताहरु पुरा गर्न मदत गर्न सक्दछ। त्यसैले टर्म इन्स्योरेन्स वा टर्म प्लान, होम लोन लिनेहरुलाई दिइने सबैभन्दा उत्तम योजना हो। 

टर्म प्लानले कसरी सहयोग गर्न सक्दछ
टर्म इन्स्योरेन्स प्लानले निम्न जोखिमलाई कभर गर्ने गर्दछ, जसले अनिश्चितताको समयमा हाम्रो परिवारको रक्षा गर्न सहयोग गर्ने गर्दछ। यो जीवन बीमा पोलिसीले तपाँईको परिवारको लक्ष्य र योजनाहरुलाई एक लाइनमा राख्न सहयोग गर्ने गर्दछ। टर्म इन्स्योरेन्स प्लानले कुनै पनि अनिश्चीनताको मामिलामा बीमित राशीको भुक्तानी गर्ने गर्दछ। जसले परिवारको वित्तीय दायित्व र जिम्मेवारीहरुको ख्याल राख्ने गर्दछ। 

दि पहिले नै टर्म प्लान छ भने के हुन्छ ?
यदि तपाँइसँग पहिले देखिनै एउटा टर्म प्लान छ भने होम लोन लिंक्ड टर्म प्लानमा लगानी गर्नु एउटा स्मार्ट तरीका हुन सक्छ। यो ति मानिसका लागि विकल्प बन्न सक्छ, जससँग पहिलेदेखि नै एउटा प्राथमिक टर्म कभर छ र केवल होम लोन जस्ता नयाँ दायित्वहरुका लागि एउटा अतिरिक्त प्लानको खोजी गरिरहेको होस्। यो योजनाको सबैभन्दा महत्वपूर्ण लाभ भनेको तपाँइले कम प्रिमियम तिर्न पर्दछ र यसका साथै तपाँइको बीमा राशीका साथै होम लोनको बक्यौता पनि घट्दै जाने गर्दछ। यस अन्र्तगत यदि कर्जा लिने व्यक्तिको मृत्यु हुन्छ भने बाँकीको किस्ता यहि बीमाको माध्यमबाट जम्मा हुन्छ र तपाँइको घर सुरक्षित रहन्छ। 

 

tips   

Share this with your friends: