नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

2021-08-19
नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

काठमाण्डौ । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ। 

यस सम्झौताअन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंकमार्फत Letters of Credit, Document against Payment (DAP), Document Against Acceptance (DAA), Local Bank Guarantee आदि सुविधा उपभोग गर्न सक्नेछन्। यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकका ग्राहकले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर प्राप्त गर्नेछन्। यसका साथै यस सम्झौतापश्चात दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सहवित्तीयकरण कर्जा, विदेशी मुद्रासम्बन्धी अन्य कारोबारसमेत अगाडि बढाउने लक्ष्य राखिएको छ।  

 


Share this with your friends: