नबिल बैंकको ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन दिन सकिने

2021-07-28
नबिल बैंकको ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । नबिल बैंक लिमिटेडको ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले ऋणपत्र निष्कासन बन्द छिटोमा साउन १३ गते हुने जनाएको थियो । तर माग अनुसार आवेदन नपरेका कारण अब लगानीकर्ताहरुले साउन २४ गतेसम्म खरिद आवेदन दिन सक्ने भएका हन् । 
तर यसबीचमा माग अनुसार आवेदन प्राप्त भएमा भने कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द गरिने बैंकले जनाएको छ । 
नबिल बैंकले गत साउन १० गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘८ % नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गरेको हो ।  

यो ऋणपत्रको ३० लाख कित्तामध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कूल १ अर्ब ८० करोड रुपैयाँ ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने १२ लाख कित्ता ऋणपत्रले हुन आउने कूल  १ अर्ब २० करोड ऋणपूँजी रकम(सोमध्ये ५% अर्थात ६०,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री खुला गरिएको छ । 

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा सम्पूर्ण इकाइका लागि आवेदन दिन सक्नेछन् ।  

यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । 

बैंकको धितोपत्र बिक्री प्रबन्धकमा एनआइबिएल हिमालयन क्यापिटल लिमिटेड रहेको छ । नबिल बैंकले गत जेठ ११ गते नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनका लागि अनुमति प्राप्त गरेको थियो । 


Share this with your friends: