नबिल बैंकद्वारा ५ वर्ष पुरानो लाभांस रकम लिन आउन आग्रह

2021-08-08
नबिल बैंकद्वारा ५ वर्ष पुरानो लाभांस रकम लिन आउन आग्रह

काठमाण्डौ । नबिल बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले २०७२ पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७१/७२ को नगद लाभांस कतिपय सेयरधनीहरुले लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो । 

बैंकले सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल नारायणचौर काठमाण्डौमा सम्पर्क राख्न आग्रह गरेको छ । 

सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र आफ्नो बक्यौता नगद लाभांस बुझिलिन  बैंकले आग्रह गरेको हो । उक्त मितिभित्र रकम लिन नआएमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ । 


Share this with your friends: