नबिल बैंकको डिबेन्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ नियुक्त

2021-12-17
नबिल बैंकको डिबेन्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ नियुक्त

काठमाण्डौ । नबिल बैंकले डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ। बैंकले नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङलाई डिबेन्चर रजिष्ट्रारमा नियुक्त गरेको हो।

बैंकले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८७ नामक ऋणपत्रको कारोबार सम्बन्धी अभिलेख राख्न, दाखिला खारेज, अभिलेख राख्न, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवापाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यका लागि एनआईबीएल एस क्यापिटललाई डिबेन्चर रजिष्ट्रारमा नियुक्त गरिएको जनाएको छ।      

नबिल बैंकले गत साउन १० गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘८ ५ नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गरेको थियो । 


Share this with your friends: