नबिल बैंकको दुईवटा ऋणपत्रको ब्याज भुक्तानी

2022-04-22
नबिल बैंकको दुईवटा ऋणपत्रको ब्याज भुक्तानी

काठमाण्डौ । नबिल बैंक लिमिटेडको ऋणपत्रको ब्याज भुक्तानी गरिएको छ । बैंकको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’र ‘१० प्रतिशत नबिल डिबेन्चर २०८२’नामक ऋणपत्रको अर्धवार्षिकी ब्याज भुक्तानी गरिएको हो । 

यी दुवै ऋणपत्रको ब्याज गत पुस मसान्तसम्म कायम सम्पूर्ण लगानीकर्ताहरुको बैंक खातामा जम्मा गरिएको डिबेन्चर रजिष्ट्रारा नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । 

विविध कारणले ब्याज रकम हालसम्म पनि आफ्नो खातामा प्राप्त नगरेका लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता बैंक खाता नम्बर अद्यावधिक गराउन नबिल इन्भेष्टमेन्ट बैंकिङले आग्रह गरेको छ ।  


Share this with your friends: