नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

2022-05-23
नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज जेठ ९ गतेदेखि कावासोती नगरपालिका वडा नं। ८ कावासोती बजारस्थित इन्द्रचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुक्त उद्घाटन गरी सेवा शुभारम्भ गरेका छन्। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत दिपेश प्रधानलगायत बैंकका कर्मचारी, कावासोती च्याम्बरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयवासीको उपस्थिति थियो। 

२०७८ चैत्रमसान्तसम्ममा बैंकले रु। ९२ अर्ब ९६ करोड निक्षेप संकलन र  कर्जा रु। ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ। उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३।५९ प्रतिशतले बढी हो। 

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकको कुल शाखा संख्या १३७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।  


Share this with your friends: