नेको इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

2022-06-07
नेको इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीको गत चैत ९ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो । 

कम्पनीले २०७८ फागुन ३० गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस सेयर जम्मा गरेको हो । 

फागुन ३० गतेपश्चात हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको खातामा भने हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेपछि जम्मा गरिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 


Share this with your friends: