काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
मुद्दती निक्षेपमा लगानी गर्नका लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय संस्थाहरु र ख वर्गका विकास बैंकहरुलाई गोप्य शिलबन्दी पत्र आह्वान गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफुले निक्षेप लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकको कोटेसन सम्बन्धि फाराम भरी आगामी चैत २० गते कार्यालय समयभित्र गोप्य शिलबन्दी पत्र पेश गर्न कम्पनीले आह्वान गरेको छ ।