नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

2022-04-19
नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य डलर क वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । 

मुद्दती निक्षेपमा लगानी गर्नका लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई गोप्य शिलबन्दी पत्र आह्वान गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफुले निक्षेप लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोकको कोटेसन सम्बन्धि फाराम भरी 
 सूचना प्रकाशित भएको ५ दिनभित्र गोप्य शिलबन्दी पत्र पेश गर्न कम्पनीले आह्वान गरेको छ ।  


Share this with your friends: