काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कार्यालय स्थानान्तरण गरिएको छ ।
पुनर्बीमा कम्पनीको साविकको ठेगाना सेन्ट्रल बिजनेश पार्क थापाथलीबाट वैशाख १ गतेदेखि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय थापाथलीको ठिक विपरित तर्फ रहेको सिप्रदी ट्रेडिङको पछाडी र शिखर इन्स्योरेन्सको भवन अगाडी भवनको तल्लो तेस्रो तल्लामा स्थानान्तरण भएको हो ।