नेपाल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-05-30
नेपाल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(जेठ १६ गते)अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले भोलि(जेठ १७ गते(देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । 

कम्पनीले आर्थिक वर्ष २०७७/७८÷का लागि ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांस गरी कुल ११.५७८९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 


Share this with your friends: