नेप्सेमा १०.७७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

2021-05-07
 नेप्सेमा १०.७७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५ प्रतिशत बोनस सेयर अर्थात १० लाख ७७ हजार ५६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि ५ प्रतिशत बोनस सेयर र ५.५२६ प्रतिशत  नगद लाभांस गरी कुल १०.५२६ प्रतिशत लाभांस वितरण गरेको थियो ।  


Share this with your friends: