नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

2022-05-17
नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । 

आज नेप्सेमा कम्पनीको ६४ लाख ४२ हजार ६८९.४९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि १९ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ रु.३ करोड ३९ लाख ८ हजार ८९२ नगद लाभांश वितरण गरेको थियो । 


Share this with your friends: