परिसूचक २ हजार बिन्दु तल,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-06-14
परिसूचक २ हजार बिन्दु तल,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक २४२.७ अंकले घट्दै ८१६६.१३ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १८६.८८ अंकले ओरालो लाग्दै ९४५४.३१ बिन्दुमा खुम्चियो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा ३ वटा बीमा कम्पनी परे। आज सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य ६.५१,शिखर इन्स्योरेन्स ५.८६ र युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य ५.६६ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ? 

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ३६.०७ अंकले घट्दै १९९६.२६ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २३२ कम्पनीका ४१ लाख ४७ हजार २५५ कित्ता सेयर १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूूचक १२.४६ अंकले घटेको आज व्यापार ५२.९९,होटल ४६.६३,विकास बैंक ७६.८२,हाइड्रो ६६.३३,वित्त ३२.३२,उत्पादन तथा प्रशोधन ६७.६३,अन्य ५१.८१,लघुवित्त ७७.२,म्युचुअल फन्ड ०.१५ र लगानी उपसूचक १.२६ अंकले घट्यो। 

आज आधिखोला लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.१८ प्रतिशतले बढ्यो। 

यस्तै आज हिमालयन पावर पार्टनरको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले घट्यो। 

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ४ करोड ६७ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: