पहिलोपटक जीवन बीमा पोलिसी खरिद गर्दै हुनुहुन्छ ?यी कुरामा ध्यान दिनुस्

2022-04-21
पहिलोपटक जीवन बीमा पोलिसी खरिद गर्दै हुनुहुन्छ ?यी कुरामा ध्यान दिनुस्

काठमाण्डौ । सन् २०२० मा कोरोना महामारी फैलिएपछि विश्वमा धेरै नै परिवर्तनहरु देखिएका छन्। यसको प्रभाव बीमा क्षेत्रमा समेत देखिएको छ। बीमा क्षेत्र लामो समयदेखि आर्थिक जगतका लागि कुनै‘अन्डरडग(जसका बारेमा कम चर्चा हुन्छ)’का रुपमा रहदैँ आएको छ। कोरोना महामारीपश्चात मानिसहरुमा आफुलाई केहि पनि हुदैन वा कुनै रोगले छुदैँन भन्ने भ्रम हटेको छ। 

महामारीका कारण मानिसहरुले आफ्नो वित्तीय आवश्यकताहरु तथा प्राथमिकताको समीक्षा नयाँ कोणबाट गर्नुपरेको छ। स्वास्थ्य,आय तथा जीवनका लगभग सबै पक्षहरुमा यसको गहिरो प्रभाव देखिएको छ। मानिसहरुले यस्ता निजी आपतकालको सामना गर्नुपरेको छ,जसको उनीहरुले कल्पना समेत गरेका थिएनन्। मानिसहरुको सोच्ने तौरतरिकामा एउटा ठूलो बदलाव देखिएको छ। यसकारण सुरक्षण अनिवार्य आवश्यकता बनेको छ। 

अहिले कम उमेरका मानिसहरु जीवन बीमा पोलिसी खरिद गरिरहेका छन् र डिजिटल माध्यमहरुको बढ्दो उपस्थितिका कारण कम्पनीहरुलाई आफ्नो वितरण र ग्राहकहरुको अनुभवसँग जोडिएको रणनीतिहरुका बारेमा नयाँ ढंगले सोच्नु परेको छ। 

महामारीका कारण पहिलोपटक बीमा पोलिसी खरिद गर्नेहरुको संख्यामा वृद्धि भएको छ। यस्तोमा आफ्नो जीवनकालमा पहिलोपटक बीमा पोलिसी खरिद गरिरहेकाहरुलाई कुनै पनि बीमा पोलिसी खरिद गर्नुपूर्व के कुरामा ध्यान दिने भन्ने बारे जानकारी दिनु हाम्रो जिम्मेवारी हो। यस्तोमा यदि तपाइँ यो वर्ष कुनै नयाँ बीमा पोलिसी खरिद गर्ने सोचमा हुनुहुन्छ भने यस्ता विषयमा ध्यान दिन जरुरी छ ः

१.मैले कुन बीमा योजना खरिद गर्दा उपयुक्त होला ?

बजारमा यस्ता कयौँ जीवन बीमा सोलुसन्सहरु छन् जसले बालबालिकाको शिक्षा,अवकाश,धन सञ्चय आदि जस्ता प्रमुख लक्ष्यहरुमा आधारित उदेश्यहरु पुरा गर्न तपाइँलाई सहयोग पुर्याउन सक्छन्। कुनै पनि प्रडक्ट खरिद गर्नुपूर्व तपाइँले आफ्नो भविष्यको आवश्यकता र आकांक्षाहरुको मूल्यांकन गर्नुपर्छ। यसले तपाइँलाई आफ्नो आवश्यकताको हिसाबले पोलिसी खरिद गर्ने सुनिश्चनता प्रदान गर्छ। 

२. सबैका लागि एउटै समाधानको उपाय हुँदैन 

वर्षौदेखि जीवन बीमाको खरिदलाई कसैको भविष्यका लागि गरिएको लगानीको साटो एकप्रकारको खर्चका रुपमा हेर्दै आइएको छ। मानिसहरु एउटै बीमा प्रडक्टबाट आफ्ना थुप्रै वित्तीय लक्ष्यहरु परिपूर्ती गर्ने प्रयास गर्छन। यसले तपाइँ र तपाइँमा निर्भर मानिसहरुमाथि वित्तीय जोखिमको आशंका रहिरहन्छ। किनकी यसका माध्यमबाट तपाइँले आफ्नो सुरक्षणको आवश्यकतालाई आंशिक रुपमा मात्रै पुरा गर्न सक्नुहुन्छ। उदाहरण्का लागि तपाइँ आफ्नो सन्तानका लागि एउटा कोष होस् भन्ने चाहनुहुन्छ वा आपतकालिन कोष सिर्जना गर्न चाहनुहुन्छ र आफ्ना प्रियजनहरुको भविष्यलाई पनि सुरक्षित गर्न चाहनुहुन्छ भने केवल टर्म इन्स्योरेन्स योजनाबाट यो पुुरा नहुन सक्छ। यसो गर्दा यीमध्ये निश्चित रुपमा तपाइँको दुईवटा वित्तीय लक्ष्य अधुरै रहन्छ। 

३. कति लाइफ कभर लिने ?

प्रयाप्त लाइफ कभरको आँकलन आम रुपमा धेरैनै भ्रमित गर्नेवाला हुन्छ,अझ विशेष गरेर यदि तपाइँ पहिलोपटक जीवन बीमा पोलिसी खरिद गर्दै हुनुहुन्छ भने। यसका लागि अधिकांस वित्तीय विज्ञहरुले सुझाएको एउटा नियमलाई याद गर्नुपर्छ कि तपाइँको लाइफ कभर तपाइँको आम्दानीको १० गुणाबराबर हुनुपर्छ। यसले लाइफ कभर तय गर्न धेरै नै सहयोग पुर्याउँछ। 

४.आफ्नो सुरक्षासँग जोडिएका आवश्यकताहरुलाई समीक्षा गरिरहनुपर्छ

तपाइँको उमेर जसरी–जसरी अगाडी बढ्छ,तपाइँको वित्तीय आवश्यकता पनि परिवर्तन हुँदै गर्छ। उदाहरणका लागि २५ वर्षको एउटा एकल महिलाको वित्तीय आवश्यकता ४० वर्षकी दुई सन्तानकी आमाको भन्दा भिन्न हुन्छ। त्यसैले वार्षिक रुपमा आफ्नो वित्तीय पोर्टफोलियोलाई रिभ्यु गर्नुपर्छ। त्यस्तै आफ्नो विवाह,नयाँ घर खरिद,सन्तानको जन्म जस्ता जीवनका महत्वपूर्ण घटनाका क्रममा आफ्नो बीमा सुरक्षालाई रिभ्यु गर्नुपर्छ। 

५. आवश्यक जानकारी नुलुकाउने

जीवन बीमा पोलिसी खरिद गर्दा बीमा कम्पनीलाई सबै आवश्यक तथा महत्वपूर्ण जानकारीहरु उपलब्ध गराउनुपर्छ। बीमा पोलिसी खरिद गर्नुको लक्ष्य भनेको तपाइँ नभएको अवस्थामा तपाइँका आश्रितहरुलाई भविष्यमा सहयोग उपलब्ध गराउनुहो। त्यसैले इमानदारीपूर्वक दिइएको प्रत्यके जानकारीले दाबी भुक्तानीको प्रक्रिया सहज हुन्छ। अर्को अर्थमा यसले तपाइँले जुन लक्ष्यका साथ पोलिसी खरिद  गर्नुभएको थियो,त्यो पुरा हुन्छ। 

६. आफै अनुसन्धान गर्नुस

तपाइँले बीमा पोलिसी छान्नका लागि अभिकर्ता वा व्यक्तिगत वित्तीय सल्लाहकारको सुझाव–सल्लाह लिन सक्नुहुन्छ। तर तपाइँले त्यो प्रडक्ट खरिद गर्नुपर्छ जसले तपाइँको वित्तीय आवश्यकतालाई पुरा गर्नसक्छ। केवल पोलिसी खरिद गर्नका लागि मात्रै कुनैपनि योजना खरिद गर्नु उपयुक्त हुँदैन। यसका लागि आफै पनि अनुसन्धान गर्न आवश्यक हुन्छ। 

७. कुन कम्पनीको पोलिसी खरिद गर्ने भनेर कसरी तय गर्ने ?

कम्पनी धेरै चर्चित छ वा छैन भनेर जान्नुभन्दा कम्पनी के का लागि चर्चित छ भन्ने जान्नु महत्वपूर्ण हुन्छ। आफ्ले जीवन बीमा पोलिसी खरिद गर्ने कम्पनीका बारेमा जान्न आवश्यक हुन्छ। पोलिसी खरिद गर्नुअघि कम्पनीको क्लेम सेटलमेन्ट रेसियो जस्ता पक्षहरुलाई हेर्नुपर्छ। 

 

tips   

Share this with your friends: