पूर्वी अफ्रिकाको कच्चा तेल पाइपलाइन परियोजनाको बीमा गर्न म्युनिख रिले गर्यो अस्वीकार

2022-04-08
पूर्वी अफ्रिकाको कच्चा तेल पाइपलाइन परियोजनाको बीमा गर्न म्युनिख रिले गर्यो अस्वीकार

काठमाण्डौ । विश्वको अग्रेणी पुनर्बीमा कम्पनी म्युनिख रिले पूर्वी अफ्रिकाको कच्चा तेलको पाइपलाइन परियोजनालाई बीमा सुरक्षा प्रदान नगर्ने भएको छ। कार्बन उत्सर्जनलाई शुन्यमा झार्ने पेरिस सम्झौतामा अडिग रहेको भन्दै म्युनिख रिले पूर्वी अफ्रिकाको कच्चा तेल पाइपलाइन परियोजनाको बीमा गर्न अस्वीकार गरेको हो। कम्पनीले एक वर्षअघि नै आफ्नो अन्डरराइटिङ समुदायलाई यसबारे निर्देशन दिएको जनाएको छ। 

म्युनिख रिले सन् २०२० मा आफ्नो दायित्व,लगानी र सञ्चालनका लागि ‘डिकार्बोनाइनेसन’को लक्ष्य तय गरेको जनाएको छ। म्युनिख रि संयुक्त राष्ट्र संघको‘नेट जिरो एसेट्स ओनर अलाएन्स’ र ‘नेट जिरो इन्स्योरेन्स अलायन्स’को सदस्य हो। 

कार्बन उत्सर्जनका अलावा कम्पनीले ठूला परियोजनाहरुको पर्यावरणीय,सामाजिक र सुशासन मूल्यांकनलाई समेत गम्भिर समीक्षा गर्ने गरेको जनाएको छ। 

पूर्वी अफ्रिकाको कच्चा तेलको पाइनलाइन परियोजनाले स्थानिय समुदायहरुमाथि पार्ने प्रभावका विषयमा आन्दोलन भईरहेको छ। यो परियोजना रोक्न गठित संघर्ष समितिका संयोजक ओमार इल्मावीईले म्युनिख रिको निर्णयलाई पछ्याउन अन्य बीमा कम्पनीहरुलाई आह्वान गरेका छन्। ओमार भन्छन्,‘एलियान्ज र लोयर्ड दुवै नेट जिरो इन्स्योरेन्स अलाएन्सका सदस्यहरु हुन र उनीहरुले पनि म्युनिख रिको निर्णयलाई पछ्याउदै यो परियोजनालाई बीमा सुरक्षा प्रदान गर्नुहुदैन।’

 


Share this with your friends: