बीमा कम्पनीहरुले कोरोना संक्रमित कर्मचारीको सम्पूर्ण खर्च व्यहोर्नुपर्ने

2021-05-16
बीमा कम्पनीहरुले कोरोना संक्रमित कर्मचारीको सम्पूर्ण खर्च  व्यहोर्नुपर्ने

काठमाण्डौ । बीमा कम्पनीमा कार्यरत कुनै कर्मचारीलाई कारोना संक्रमण भए निजको उपचारमा लाग्ने सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्नुपर्ने भएको छ। बीमा समितिले परिपत्र जारी गर्दै बीमा कम्पनीमा कार्यरत कुनै कर्मचारीलाई कोभिड १९ को संक्रमण देखिएमा संक्रमित कर्मचारी तथा निजको सम्पर्कमा रहेका कर्मचारी समेतलाई सम्पूर्ण खर्च(पीसीआर परीक्षण समेत) कमपनीले आफैले व्यहोर्ने गरी घर, अस्पताल वा होटलमा आइसोलेसन वा क्वारेन्टिनमा सुरक्षित रुपमा राख्ने व्यवस्था मिलाउन सम्पूर्ण बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो। 

निर्देशन बमोजिम बीमा कम्पनीहरुले आइसोलेसन वा क्वारेन्टिनमा रहेका कर्मचारी तथा कार्यालयको अत्यावश्यक कामको सिलसिलामा कार्यालय बाहिर खटाइएका कर्मचारीहरु कार्यालय फर्कदा पीसीआर परीक्षण नेगेटिभ आएपश्चात मात्र कार्यालय आउने व्यवस्था मिलाउनु पर्ने भएको छ। 
बीमा कम्पनीहरुले आइसोलेसन वा क्वारेन्टिनमा रहेका कर्मचारीहरुलाई उक्त अवधिको पूरा तलब सहित बिदा उपलब्ध गराउने तथा हाजिरीमा अतिरिक्त बिदा र वर्क फर्म होम उल्लेख गर्ने व्यवस्था मिलाउनु पर्नेछ।     

 


Share this with your friends: