बीमा समितिद्वारा असार मसान्तभित्र मर्जरमा जाने कम्पनीहरुलाई छुटको व्यवस्था

2022-06-07
बीमा समितिद्वारा असार मसान्तभित्र मर्जरमा जाने कम्पनीहरुलाई छुटको व्यवस्था

काठमाण्डौ । बीमा समितिले असार मसान्तभित्र मर्जरमा जाने बीमा कम्पनीहरुलाई छुटको व्यवस्था गरेको छ । समितिले असारमसान्तसम्म मर्जरमा जाने बीमा कम्पनीहरुलाई पुँजीगत लाभ कर,लाभांस कर र कर्मचारीहरुको अवकाश भुक्तानीमा कर छुटको व्यवस्था गरिने जनाएको छ । 

समितिले बीमक पश्चात कायम हुने नयाँ बीमकमा रहेका सेयरधनीहरुले आफ्नो सेयर गाभिएको मितिले दुई वर्षभित्र बिक्री गरेमा बिक्री भएको सेयरमा पुँजीगत लाभ नलाग्ने जनाएको छ । 

त्यस्तै समितिले बीमकहरुमा गाभिएको मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको सेयरधनीहरुलाई वितरण गरेको लाभांसमा कर नलाग्ने जनाएको छ । 

यसका साथै समितिले गाभिने प्रक्रियामा रहेका बीमकहरुले कर्मचारीहरुलाई सामूहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनका लागि गरिने थप एकमुष्ट भुक्तानीमा एकमुष्ट अवकाश भुक्तानी कर कट्टी गर्नुपर्ने दरमा ५० प्रतिशत छुट दिने जनाएको छ । 

यो सुविधा प्राप्त गर्नका लागि गाभ्ने गाभिने र प्राप्ति गर्न ईच्छुक बीमकले २०७९ असार मसान्तभित्र गाभ्ने/गाभिने तथा मर्जरमा जाने आशयपत्र आन्तरिक राजस्व विभागमा दिएका हुनुपर्नेछ । र यस्तो आशयपत्र दिएका कम्पनीहरुले आगामी २०८० असार मसान्तभित्र मर्जरको प्रक्रिया सम्पन्न गरिसक्नु पर्ने समितिले जनाएको छ । 

यसका साथै तोकेको न्युनतम चुक्ता चुक्ता पुँजी पुरा गर्न गाभ्ने गाभिने र प्राप्ति तथा मर्जरमा जाने कम्पनीहरुले आयकर ऐन २०५८ को दफा ४७ अनुसारको छुट तथा सुविधा पाउनका लागि २०७९ असारभित्र सम्बन्धीत निकायमा आवेदन दिइसक्नुपर्ने समितिले परिपत्रमा उल्लेख गरेको छ । 


Share this with your friends: