बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको बगरमा

2022-04-28
बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको बगरमा

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको आज वैशाख १५ गतेबाट नयाँ शाखा पोखरा महानगरपालिका वडा नं. १ बगरमा सञ्चालनमा आएको छ।

बगर शाखाको औपचारिक उद्घाटन एक समारोहबीच नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयका निर्देशक डा। रामशरण खरेल तथा बैंक अफ काठमाण्डूको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट संयुक्त रुपमा सम्पन्न भएको हो। कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले ग्राहकको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको बताए। यसका साथै बैंकले गण्डकी प्रदेशमा अन्य शाखा कार्यालयहरु पनि सञ्चालनमा ल्याउने योजना रहेको उनले सुनाए। 

निर्देशक डा। खरेलले नेपाल राष्ट्र बैंकको उद्देश्यबमोजिम विभिन्न स्थानहरुमा शाखा कार्यालय सञ्चालन गरी आमजनमानसलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको भन्दै बैंकको प्रशंसा गरे। यस शाखा कार्यालयले स्थानीयको आवश्यकतालाई ध्यानमा राखी बैंकले सेवा प्रदान गर्ने विश्वास राष्ट्र बैंकले उनले बताए। 

बैंक अफ काठमाण्डूले देशभर ९७ शाखा कार्यालय, ८८ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। बैंकले अगामी दिनमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ। 


Share this with your friends: