भारतमा साइबर र सामुहिक स्वास्थ्य बीमाको प्रिमियममा व्यापक वृद्धि

2022-04-07
भारतमा साइबर र सामुहिक स्वास्थ्य बीमाको प्रिमियममा व्यापक वृद्धि

काठमाण्डौ । भारतका बीमकहरुले साइबर र सामुहिक स्वास्थ्य बीमाको प्रिमियममा व्यापक वृद्धि गरेका छन् । अप्रिल १ देखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै भारतीय बीमकहरुले साइबर इन्स्योरेन्स प्रिमियम ८०–१०० प्रतिशत र सामुहिक स्वास्थ्य बीमाको प्रिमियम ४० प्रतिशतसम्म वृद्धि गरेका छन् । यस्तै भारतीय बीमकहरुले अन्य व्यवसायको प्रिमियममा समेत वृद्धि गरेका छन् । 

भारतको अग्रेणी पुनर्बीमक जीआईसी रि र अग्रेणी निर्जीवन बीमक न्यू इन्डिया एस्योरेन्स(एनआइए)ले केहि सीमित सेग्मेन्टको प्रिमियममा २० देखि ३० प्रतिशत वृद्धि गरेका छन् । 

‘कोरोना महामारीको प्रभावका कारण हामीले सामुहिक स्वास्थ्य पोर्टफोलियोमा ४० प्रतिशत वृद्धि गरेका छौँ ।’गल्लाघेर इन्स्योरेन्स ब्रोकर्सका सीईओ तथा म्यानेजिङ डाइरेक्टर विनय सोहनीले भने । 

त्यस्तै आनन्द राठी इन्स्योरेन्स ब्रोकर्सका निर्देशक सुप्रिया राठीका अनुसार साइबर इन्स्योरेन्सको प्रिमियम ८० देखि १०० प्रतिशतले वृद्धि भएको छ । साइबर आक्रमणका घटनाहरु वृद्धि भएका कारण भारतका बीमकहरुले साइबर इन्स्योरेन्स प्रिमियममा व्यापक वृद्धि गरेका हुन् । 
अप्रिलको नविकरण बजारले सम्पत्ति, इन्जिनियरिङका साथै तेस्रो पक्ष मोटर बीमामा कठिनताको संकेत गरेको छ । 

भारतमा केहि वर्षदेखि प्रिमियममा भईरहेको वृद्धि अझै केहि वर्षसम्म देखिने भारतीय बीमा विज्ञहरुले बताएका छन् । विगत तीन चार वर्षदेखि भारतीय बीमा कम्पनीहरुले भोगिरहेको भारी घाटा र कोरोना महामारीले निम्त्याएको थप चुनौतिलाई विज्ञहरुले यसको कारण बताएका छन् ।   

 


Share this with your friends: