भारतीय निर्जीवन बीमकहरुको बीमाशुल्क आर्जन ११%ले वृद्धि

2022-04-17
भारतीय निर्जीवन बीमकहरुको बीमाशुल्क आर्जन ११%ले वृद्धि

काठमाण्डौ । भारतीय निर्जीवन बीमकहरुले आर्थिक वर्ष २०२१/२२ मा भारु.२२०६३४.७३ करोडबराबरको बीमाशुल्क आर्जन गरेका छन्। जुन अघिल्लो आर्थिक वर्ष २०२०/२१ को तुलनामा ११ प्रतिशत बढी हो। 

भारतमा सञ्चालित ३१ बीमकहरुले आर्थिक वर्ष २०२०/२१ मा भारु.१९८७१४.७२ करोडबरारबको बीमाशुल्क आर्जन गरेका थिए।  

भारतीय बीमा नियामक‘इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डिया’का अनुसार २४ वटा बीमकहरुको एकिकृत वृद्धि ८.७९ प्रतिशत रहेको छ। त्यस्तै ५ वटा निजी स्वास्थ्य बीमा कम्पनीहरुको बीमाुशल्क आर्जन ३२.५३ प्रतिशत र २ वटा विशिष्टकृत पीएसयु बीमकहरुको १४.२२ प्रतिशतले वृद्धि भएको छ। 

 


Share this with your friends: