मञ्जुश्री फाइनान्सको सीईओमा सुबेदी नियुक्त

2022-04-28
मञ्जुश्री फाइनान्सको सीईओमा सुबेदी नियुक्त

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)नारायण सुबेदी नियुक्ती भएका छन् । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले सुबेदीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनलाई आगामी वैशाख २२ गतेदेखि लागूहुने गरी आगामी चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गरिएको हो । हाल उनी कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । 

कम्पनीको हालका सीईओ सन्तोष निरौलाको कार्यकाल आगामी वैशाख २१ गते समाप्त हुँदैछ ।  


Share this with your friends: