मर्जर प्रयोजनका लागि हिमालयन जनरल इन्स्योरेन्सद्वारा विशेष साधारण सभा आह्वान

2022-05-30
मर्जर प्रयोजनका लागि हिमालयन जनरल इन्स्योरेन्सद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो । 

बैठकले आगामी असार २ गते बिहिबारका दिन काठमाण्डौ एअरपोर्टमा रहेको एअरपोर्ट होटलमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 
उक्त सभामा कम्पनीको एभरेष्ट इन्स्योरेन्ससँग गाभिने विशेष प्रस्ताव पारित गरिनेछ । 

विशेष साधारण सभा प्रयोजनका लागि गत वैशाख २३ गतेदेखि बुक क्लोज जारी रहेकाले जेठ २५ गतेसम्म कायम सेयरधनीहरुमात्रै विशेष साधारण सभामा उपस्थित हुन सक्नेछन् ।  


Share this with your friends: