महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा स्थानान्तरित

2022-04-26
महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा स्थानान्तरित

काठमाण्डौ। महालक्ष्मी विकास बैंकको नेपालगन्ज शाखा हाल रहेको स्थान नेपालगन्ज उपनगरपालिका वडा नं. १२ सुर्खेत रोडबाट वडा नं. २ पुष्पलाल चोकमा स्थानान्तरण भएको छ।

आज आयोजित एक विशेष कार्यक्रमबीच स्थानान्तरित नेपालगन्ज शाखाको उद्घाटन संयुक्त रुपमा नेपाल राष्ट्र बैंक नेपालगन्ज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ र महालक्ष्मी विकास बैंकका सञ्चालक दीपक रौनियरले गरेका छन्। उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको बाक्लो उपस्थिति थियो। कार्यक्रममा उपस्थित सबैलाई सञ्चालक रौनियारले कृतज्ञता ज्ञापन गरे। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकले गर्दै आएको विभिन्न गतिविधिहरुबारे प्रकाश पारेका थिए। उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। 

यस शाखाबाट ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता शाखा प्रबन्धक कोमल बिष्टले गरिन्। 


Share this with your friends: