युनाइटेड इदी मर्दीद्वारा वार्षिक साधारण सभा आह्वान

2022-05-05
युनाइटेड इदी मर्दीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १४ गते शनिबारका दिन पोखरामा रहेको आभ्या क्लबमा बिहान ११ बजे सभा अयोजना गर्ने निर्णय गरेको हो ।   

उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।      


Share this with your friends: