युनियन हाइड्रोपावरको विशेष साधारण सभा आज

2022-05-06
युनियन हाइड्रोपावरको विशेष साधारण सभा आज

काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा आज(वैशाख २३ गते)आयोजना हुँदैछ । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार उक्त विशेष साधारण सभा आज काठमाण्डौ ललितपुर धोबिघाटमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना हुन लागेको हो । 

उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा(क)र (ख)मा संशोधन गर्ने तथा सञ्चालक विष्णुप्रसाद पाण्डेको राजीनामा स्वीकृत तथा नयाँ सञ्चालक नियुक्त गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 


Share this with your friends: