युनियन मेवा हाइड्रोद्वारा वार्षिक साधारण सभा आह्वान

2022-06-10
युनियन मेवा हाइड्रोद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । युनियन मेवा हाइड्रो लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो । 

उक्त बैठकले आगामी असार १७ गते ललितपुर धोबिाघाटमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 
उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: