रुसमा ग्राउन्डेड विमानका कारण बीमकहरुले १० बिलियन डलर दाबीको सामना गर्नुपर्ने

2022-03-22
रुसमा ग्राउन्डेड विमानका कारण बीमकहरुले १० बिलियन डलर दाबीको सामना गर्नुपर्ने

काठमाण्डौ । रुसमा विमानहरु ग्राउन्डेड भएका कारण बीमक तथा पुनर्बीमकहरुले १० बिलियन डलरसम्म दाबीको सामना गर्नुपर्ने देखिएको छ। फिच रेटिङले एक रिपोर्ट सार्वजनिक गर्दै खराब स्थितीमा बीमक तथा पुनर्बीमकहरुले १० बिलियन डलरसम्म दाबीको सामना गुर्नपर्ने जनाएको हो।
रुसले युक्रेनलाई आक्रमण गरेको प्रतिक्रिया स्वरुप पश्चिमा देशहरुले लगाएको प्रतिबन्धहरुका कारण गैर–रुसी लिजकर्ताको स्वामित्व भएको वा फाइनान्स गरेका ५०० भन्दा बढी विमानहरु रुसमा फसेका छन्। 

फिचका अनुसार लिजकर्ताहरुसँग हल(विमानको बीमा) र दायित्व बीमाका साथै विशिष्ट उड्ययन युद्ध कभर रहेको छ। र उनीहरुले आफ्ना विमानहरुको कब्जाविरुद्ध क्षतिपूर्ती माग गर्नेछन्। धेरैजसो उड्ययनहरु पोलिसीहरु लोयड्स अफ लन्डनमार्फत अन्डरराइडिङ गरिएको फिच रेटिङले जनाएको छ। यसका साथै प्राथमिक बीमकहरुको ३० देखि ४० प्रतिशत जोखिम पुनर्बीमकहरुलाई सुम्पिएको फिच रेटिङले अनुमान गरेको छ। 
बीमा उद्योगसँग सम्बन्धीत विज्ञहरुका अनुसार ग्राउन्डेड भएका विमानहरुको कुल बीमामूल्य १३ बिलियन डलर रहेको छ। ‘हल बीमामा सामान्यतया कुल घाटा सीमा हुन्छ,जसको अर्थ सम्भावित हल बीमा दाबीहरु १३ बिलियन डलरभन्दा कम हुनुपर्छ। यसर्थ हामीले वास्तविक परिदृश्यमा ५–६ बिलियन डलरको अनुमान गरेका छौँ।’फिचले लेखेको छ। 

‘यद्यपी सबैभन्दा खराब अवस्थामा कुल बीमा दाबी १० बिलियन डलर हुने विश्वास गरेका छौँ। जुन उड्ययन बीमाको इतिहासमा सबैभन्दा ठूलो वार्षिक दाबी हुनेछ।’ फिचले उल्लेख गरेको छ।  

 


Share this with your friends: