समृद्धि फाइनान्सको मोवाइल एपबाटै रेमिट्यान्स कारोबार गर्न सकिने

2021-06-09
समृद्धि फाइनान्सको मोवाइल एपबाटै रेमिट्यान्स कारोबार गर्न सकिने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै समृद्धि मोवाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।

जसअन्तर्गत सिटी एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले नेपालभरी पैसा पठाउन र विदेश वा नेपालभित्रबाट पठाएको पैसा घरै बसी पाउन सहज भएको छ । 

रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको रेमिट्यान्सबाट “सेन्ड मनी” मार्फत् सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुबिधामध्ये एक रोज्न सकिनेछ । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

यसका साथै मोबाईल बैकिङ्ग एपमा रहेको रेमिट्यान्सबाट “रिसिभ मनी”प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन वा प्राप्त गर्न सक्नेछन् ।

साथै कम्पनीले संचालनमा ल्याएको समृद्धि एमबैंक एप्लीकेसन(Samriddhi mBank Application) बाट ग्राहकहरुले घरमै बसी बसी डिजिटल पेमेन्टको प्रयोगबाट समानहरु खरिद गर्ने, एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्ने, विद्युत तथा फोन महशुल तिर्नूका साथै मोवाइल रिचार्ज गर्ने र अन्य धेरै सुविधाहरु पनि लिन सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

हाल फाइनान्स कम्पनीका सम्पूर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग र डेवीट कार्ड सेवालाई निःशुल्क गरिएको बताइएको छ । 

सो फाइनान्सले आफ्ना पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना बनाएको छ । 

संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका सेवाहरु पनि संचालनमा छन् । 

निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जाहरु प्रवाह गरिरहेको छ ।


Share this with your friends: