सानिमा जनरल इन्स्योरेन्सद्वारा विशेष साधारण सभा आह्वान

2022-06-13
सानिमा जनरल इन्स्योरेन्सद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो । 

बैठकले आगामी असार १५ गते बिहिबारका दिन काठमाण्डौ धुम्बाराहीमा रहेको धुम्र वराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्टमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त सभामा कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  । 

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी असार ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: